नेपाली क्रिकेट टिमलाई मेरिना इम्पेक्सको साथ

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० कार्तिक २३, बिहिबार (१ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

कार्तिक २३, काठमाण्डौँ । मेरिना इम्पेक्सले नेपालका क्रिकेट खेलाडीलाई प्रोत्साहन गर्न साथ दिने भएको छ । मेरिनाले विश्व कप क्रिकेटमा सहभागी खेलाडी तथा नेपाल क्रिकेट संघका पदाधिकारी गरी ४० जनाका लागि सुट प्रदान गर्ने भएको हो मेरिनाका सञ्चालक अर्जुन बस्नेतले सामाजिक उत्तरदायीत्व अन्तर्गत खेलाडीलाई हौसला मिलोस् भन्ने उद्धेश्यले सहकार्यको हात अगाडी बढाएको बताए ।

त्यसका लागि बिहीबार क्यान र इम्पेक्सबिच सम्झौता भएको छ । सम्झौता अनुसार इम्पेक्सले खेलाडी र सदस्यलाई ४० थान सुट सहयोग गरिने भएको छ ।विगत ४१ वर्षदेखि सर्टिङ सुटिङ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको मेरिनाले विभिन्न अवसरमा विशेष योजना सार्वजनिक गर्दै आइरहेको छ । इम्पेक्सले हाल न्यूरोड, बागबजार, गावाहाल पाटन र सामाखुशीबाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस