डा. सन्दुक रुइत र महावीर पुनसहित १० जना सम्मानित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक २६, आईतबार (५ महिना अघि)
  • १  पटक पढिएको
Post Thumbnail

कार्तिक २६, काठमाण्डौँ । प्रसिद्ध नेत्र चिकित्सक तथा तिलगंगा आँखा अस्पतालका निर्देशक सन्दुक रुइत र प्रसिद्ध वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डाक्टर महावीर पुनसहित १० जना विज्ञहरु सम्मानित एवं पुरस्कृत भएका छन् ।

अमेरिकाको नर्दन क्यालिफोर्नियामा अवस्थित नीलकृष्ण जसोदा सिटौला फाउण्डेसनले शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै डाक्टर रुइत र वैज्ञानिक पुनसँगै पूर्वराजदूत, कुटनीतिज्ञ एवं शैक्षिक अभियन्ता प्रहल्लाद कुमार प्रसाईं, प्रसिद्ध कवि नवराज पराजुली, नारायण पोखरेल फाउण्डेसन, इञ्जिनियर रामबिन्दु श्रेष्ठ, पत्रकार अरुणदेव जोशी, समाजसेवी सरु सुवेदी, शिक्षक होमनाथ न्यौपाने र गायिका सिम्रन परियारलाई नगदसहित सम्मान गरिएको हो ।

त्यस्तै फाउण्डेसनले बरिष्ठ समालोचक एवं साहित्यकार दधिराज सुवेदी, प्राज्ञ एवं गीतकार उन्नति बोहोरा शिला, प्राध्यापक एवं साहित्यकार डाक्टर फणीन्द्रराज निरौला गरी ३ जनालाइ अभिनन्दित गरेको हो । त्यस्तै फाउण्डेसनले साहित्यकार सुशीला ढकाल अधिकारी, पत्रकार सुमन सापकोटा, समाजसेवी प्रेम प्रकाश सिटौला, पत्रकार एचबी ताम्राकार र गायिका कोपिला शिवाकोटीलाई सम्मान गरेको छ ।

त्यस्तै कार्यक्रममा वृद्ध अवस्था र सन्तानको दायित्व बोलको शीर्षकमा बिजयी हुने प्रतिभाहरुलाई सम्मान गर्दै निबन्ध प्रतियोतिाका मुख्य निर्णायक फणीन्द्रराज निरौलाले प्रतियोगीताको बारेमा संक्षिप्त मन्तब्य राखेका थिए ।

हरेक वर्ष विभिन्न पेसा, व्यवसायमा सक्रिय रहँदै आएका विज्ञ,संस्था, समाजसेवी तथा श्रष्टाहरुलाई सम्मानरपुरस्कार अर्पण गर्दै आएको नीलकृष्ण जशोदा सिटौला फाउन्डेसन, नर्दन क्यालिफोर्नियाका संस्थापक एवं संरक्षक इन्जिनियर ईश्वरकान्त सिटौला बताए । सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं शिक्षाविद् सुरेन्द्र सिटौलाले इञ्जिनियर इश्वरकान्तको समाजसेवी मनको तारिफ गरे । उनले समाजका प्रतिभाहरु महावीर पुन जस्ता सदगी जीवन बिताउनेहरुलाई गरिएको सहयोग निकै राम्रो काम भएको बताए । शिक्षाविद् सुरेन्द्र सिटौला सिटौला समाजका संस्थापक एवं संरक्षक पनि हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस