चिसोका कारण जाजरकोटमा दुई जना वृद्धको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक ३०, बिहिबार (१ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

कार्तिक ३०, जाजरकोट । चिसोका कारण जाजरकोटमा दुई जना वृद्धको ज्यान गएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका २ का ८८ वर्षीय धुलेश्वर कार्की र बारेकोट गाउँपालिका ४ जिरीका नरेन्द्रबहादुर सिंहको चिसोका कारण मृत्यु भएको हो ।

कार्की र सिंह दुवै दमका रोगी थिए । कार्कीको मंगलबार र सिंहको बुधबार ज्यान गएको स्थानीयले बताएका छन् । भूकम्पपछि घर बस्न नमिल्ने भएपछि जाजरकोटका ३४ हजार बढी परिवार घरवार त्रिपालमुनि बस्दै आएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस