जाजरकोटमा चिसोले थप तीनजना भूकम्पपीडितको मृत्यु, मृतक संख्या सात पुग्यो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर ३, आईतबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

मंसिर ३, काठमाण्डौँ । जाजरकोटमा थप तीनजना भूकम्पपीडितको चिसोका कारण मृत्यु भएको छ ।

यसअघि शुक्रबार र त्यसअघि गरेर चारजनाको मृत्यु भइसकेकामा फेरि आज थप तीनजनाको मृत्यु भएको हो । हालसम्म चिसोकै कारण सातजनाको मृत्यु भइसकेको छ ।

आज मृत्यु हुनेमा जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामी रहेका छन् ।

भूकम्पले घर भत्काएपछि उनीहरू त्रिपालमुनि बस्दै आएका थिए । चिसोका कारण वृद्ववृद्वामा दमको समस्या देखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस