पाँच दिनपछि हवाई सेवा सञ्चालन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ माघ २९, मंगलबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

माघ २९, हुम्ला । हुम्लाको एक मात्र यातायातको साधन हवाई सेवा पाँच दिनपछि सञ्चालनमा आएको छ । बुधबारदेखिको भारी हिमपातपछि रोकिएको सिमकोट विमानस्थल आजदेखि सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले बताए।

सिमकोट विमानस्थलमा जमेको बाक्लो हिउँ नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलले तीन दिनदेखि लगातार पन्छाएपछि आज ३ बजेदेखि हवाई सेवा सञ्चालनमा आउन सकेको प्रजिअ ढुङ्गानाले बताए । आज ३ः३० बजेदेखि नेपालगञ्जदेखि निजी एयरलाइन्सहरु तारा, सीता, समिटले उडान भरेका हुन् ।

पाँच दिनसम्म आवतजावत गर्न नपाएका यात्रुलाई सहज भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रबिन श्रेष्ठले बताए । नेपालगञ्जदेखि निजी एयरलाइन्सले खाद्यान्न ढुवानी गरेका छन् भने हुम्लाबाट यात्रु लिएको समिट एयरलाइन्सका कालीबहादुर बोहराले बताए।

ताजा अपडेट

खोजी गर्नुहोस