बझाङमा भूकम्पको धक्का

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर ४, सोमबार (१ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

मंसिर ४, बझाङ । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान ११:३७ बजे बझाङको तलकोट गाउँपालिका धमेना केन्द्रबिन्दु भएर ४.५ रेक्टर स्केलको भुकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

पटक पटकको पराकम्पबाट त्रसित स्थानीयहरु आज पनि भूकम्पको त्रासले खुल्ला चौरमा निस्किएका छन् । बझाङ लगायत पश्चिम नेपालका जिल्लाहरुमा गत असोज १६ गते गएको भुकम्पपछि निरन्तर पराकम्प गइरहेका छन् । भूकम्पका कारण घरबारविहीन बाजुराका भूकम्पपीडित चिसोले बिरामी पर्न थालेका छन्। पालमा बस्नुपर्ने बाध्यताले विशेषगरी वृद्धवृद्धा र बालबालिका चिसोबाट प्रभावित भएका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस