पाँडेको कमिक्स र कोरियन कवयित्रीको सिजो सङग्रह लोकार्पण

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०७५ फागुन १, बुधबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन १, काठमाडौं । विश्वका परम्परागत कवि लेखकहरुको अन्तरराष्ट्रिय संस्था (टीपीडब्लूएडब्लू) नेपाल च्याप्टरको आयोजनामा राजधानीमा दुइ पुस्तकहरु विमोचन भएको छ।

कोरियाली कवयित्री सुसन्ना लीद्वारा लिखित ‘रमाइलो गर्न के गर्ने’ सिजो सङ्ग्रह तथा साहित्यकार रामकुमार पाँडेद्वारा अङ्ग्रेजी भाषामा लेखिएको ‘ नेप्लिज कमिक’को लेखकद्वय सहित प्रमुख अतिथि पत्रकार युवराज घिमिरे र साहित्यकार डा शैलेन्दुप्रकाश नेपालले विमोचन गरेका हुन।

विमोचित पुस्तकहरुमाथि साहित्यकार मित्रबन्धु पौडेलले समीक्षात्मक टिप्पणि गर्दै सिजोको सैद्धान्तिक र विम्बात्मक कसीमा विमोचित सिजो सङ्ग्रह संरचना नबिगारिकन नेपाली भाषामा अनुवाद हुनुमा अनुवादक प्रा पाँडेको गहन अध्ययन र अनुसन्धानको परिणति भएको बताए। उनले कृतिमा प्राकृतिक, ग्राम्य,शिशु एवम् स्वप्नील विम्वको राम्रो प्रयोग भएको धारणा राखे। उनले भने, ‘पाँडेको पुस्तक नेपालमा कमिकको बारेमा अङ्ग्रेजीमा लेखिएको पहिलो अनुसन्धानात्मक पहिलो पुस्तकले नेपालमा व्यक्ति संस्था जस्ता तर संस्था चाहिँ व्यक्तिजस्ता भएको व्यङ्ग्य गरेको देखाइएको छ।’

स्रष्टा रामकुमार पाँडेले सोह्र वर्षको अनुसन्धानका वावजुद उक्त पुस्तक प्रकासन गर्न सफल भएको भनाइ राख्दै ‘यो पुस्तक नभइ ड्राफ्ट प्रकाशित गरेको बताए।शुषमा मानन्धरद्वारा उद्घोषण गरिएको कार्यक्रममा साहित्यकार तथा कलाकारहरुको उल्लेख्य सहभागिता थियो।

ताजा अपडेट

खोजी गर्नुहोस