जनता बैँकले खोल्यो पाल्पामा नयाँ एक्स्टेन्सन काउन्टर !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ फागुन १, बुधबार (५ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

फागुन १,पाल्पा । जनता बैंक नेपाल लिमिटेडले बुधबार पाल्पामा एकसाथ नयाँ एक्स्टेन्सन काउन्टरबाट कारोबार सुभारम्भ गरेको छ । बैँकले एक सिमित्त बैंकिङ इकाईलाई शाखामा रुपान्तरण समेत गरेको छ ।

जिल्लाको रम्भा गाउँपालिका वडा नं. ३, खोक्खोलामा खोलिएको नयाँ एक्स्टेन्सन काउन्टरबाट बैंकिङ कारोवार सुरु गरिएको हो । सोही गाउँपालिकाको ताहुँमा रहेको ताँहु शाखा मातहत रहने यस एक्स्टेन्सन काउण्टरबाट रम्भा गाउँपालिकाको राजस्वको कारोवार गरिने बैँकले बताएको छ । सो क्षेत्रका उद्यमी, ब्यापारी तथा सर्वसाधारणहरुले समेत यस काउन्टरबाट बैंकिङ सेवा लिन सक्नेछन् ।

यो सगै बंैकको पूर्व मेची देखी पश्चिम महाकाली सम्म ७ ओटै प्रदेशको तराई, पहाडी र हिमाली जिल्ला समेत समेटीने गरी १२८ शाखा, ५० शाखा रहित बैकिग केन्द्र, ७९ एटीएम, १ सिमित्त बैंकिङ इकाई र ३ एक्स्टेनसन काउन्टर सञ्चालनमा आएको छ । बैंकले आगामी दिनमा आफ्नो शाखा संजाल बिस्तार गर्दै देश भरी नै शशक्त उपस्थिति जनाउने योजना रहेको बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस