लिभरपुलसँग बराबरीमा रोकियो म्यानचेस्टर सिटी

मंसिर १०, काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी र लिभरपुलबीचको खेल बराबरीमा सकिएको छ । शनिबार सिटी आफ्नो घरेलु मैदानमा लिभरपुलसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

म्यानचेस्टर सिटीले इर्लिंग हालाण्डको गोलमा खेलको २७औं मिनेटमा अग्रता लिएपनि लिभरपुलले खेलको ८०औं मिनेटमा बराबरी गोल फर्काएको थियो । लिभरपुलका लागि ट्रेन्ट एलेजेन्डर आर्नोल्डले गोल गरेका थिए ।

यो बराबरीसँगै प्रिमियर लिगको अंक तालिका रोचक देखिएको छ । सिटीको बराबरीपछि अब आर्सनलले सिटीलाई उछिनेर शिर्ष स्थानमा जाने अवसर पाएको छ । आर्सनलले आजराती ब्रेन्टफोर्डविरुद्ध खेल्दै छन् ।

यो खेलपछि सिटीको १३ खेलमा २९ अंक भएको छ भने आर्सनलको १२ खेलमा २७ अंक रहेको छ । त्यसैगरी सिटीसँग एक अंक खोसेको लिभरपुलको १३ खेलमा २८ अंक भएको छ र लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

संम्बन्धित समचार

Leave a Comment