विश्वकप फुटबल आजबाट सुरु : ८१ हजार दर्शकसहित लुजानकी रंगशालामा भव्य उद्घाटन हुने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ जेष्ठ ३१, बिहिबार (५ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

जेठ ३१,काठमाडौँ । विश्वकप फुटबल आजबाट सुरु हुँदैछ । अर्जेन्टिनाका नेस्टर पिटानाले आयोजक रुस र साउदी अरेबियाबीचको खेलमा पहिलो सिठी फुकेसँगै विश्व फुटबलकै ठूलो प्रतियोगिताको २१औं संस्करण मस्कोको लुजानकी रंगशालामा विधिवत रुपमा सुरु हुनेछ ।

रुसमा पहिलो पटक हुन लागेको यो विश्वकपमा पनि विगतमा झैं विश्वका उत्कृष्ट ३२ देशले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । पाँचपटक विश्वकप जितिसकेको ब्राजिलसँगै साबिक विजेता जर्मनी, दक्षिण अमेरिकी महारथी अर्जेन्टिना र पूर्वविजेताहरु फ्रान्स तथा स्पेनलाई उपाधिको प्रमुख दाबेदार मानिएको यस प्रतियोगिताले आगामी चार वर्षका लागि नयाँ विश्व विजेता चयन गर्दै एक महिनापछि मस्कोको लुझनिकी रंगशालाबाटै बिदा लिनेछ ।

फिफाको बहुचर्चित भ्रष्टाचार काण्ड, अमेरिका तथा युरोपियन युनियनसँग रुसको खराव सम्बन्ध, डोपिङ प्रकरणलगायतका विवादका बीच समयमै उत्कृष्ट तयारी गरेको रुसले उदघाटन समारोह विगतको तुलनामा फरक ढंगले गर्ने भएको छ ।
विश्व फुटबलको सर्बोच्च निकाय फिफाका अनुसार संगीतका अन्तर्राष्ट्रिय स्टार रोबी विलियम्सले ८१ हजार दर्शक क्षमताको लुजानकी रंगशालामा उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गर्नु हुनेछ । विभिन्न ११ सहरका १२ रंगशालाले विश्वकपका ६४ खेल आयोजना गर्नेछन् ।

प्रतियोगिताभर ३५ लाखभन्दा बढीले रंगशालामै गएर खेल हेर्ने अनुमान गरिएको छ भने विश्वभर एक अर्बभन्दा बढीले टेलिभिजनबाट दैनिक विश्वकप हेर्ने फिफाको अपेक्षा छ । विश्वकपकै लागि १० लाखभन्दा बढि विदेशी पर्यटकले रुसको भ्रमण गर्ने अपेक्षा गरिएको छ । तर,, रुसी समर्थकको हुल्याहा व्यवहार आयोजकको लागि टाउको दुखाई बन्न सक्छ । विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकपका लागि रुसका सबै १२ रंगशालासाथै पूरा देश पूर्ण रुपमा तयार भइसकेको बताउँदै यसले विश्वलाई नयाँ सन्देश दिने बताउनु भयो । उहाँले फुटबलले सम्पूर्ण विश्वलाई एकताको सूत्रमा गाँस्ने बताउनु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस