एसीसी १९ वर्षमुनिको एसिया कपका लागि नेपाली टोलीको घोषणा

मंसिर १२,काठमाडौँ । एसीसी १९ वर्षमुनिको एसिया कपका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ ९क्यान० ले आज मङ्गलवार १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

टोलीको कप्तानी देव खनालले गर्नेछन् । टोलीमा खनालसहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, हेमन्त धामी, गुल्शनकुमार झा, दिपेशप्रसाद कँडेल, विशाल विक्रम केसी, सुवाश भण्डारी, दीपक बोहरा, उत्तम रङ्गु थापा मगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द छन् ।

१९ वर्षमुनिको एसिया कप डिसेम्बर ८ देखि डिसेम्बर १७ सम्म यूएईमा हुँदैछ । नेपाल समूह ुएु मा परेको छ । यो समूहमा नेपालसहित भारत, पाकिस्तान र अफगानिस्तान रहेका छन् । नेपालले पहिलो खेलमा पाकिस्तानसँग डिसेम्बर ८ मा खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा अफगानिस्तानसँग डिसेम्बर १० मा खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेलमा भारतसँग डिसेम्बर १२ मा खेल्नेछ ।

यसअघि मलेसियामा भएको एसीसी १९ वर्षमुनिको प्रिमियर कप क्रिकेट कपको उपाधि जित्दै नेपालले एसिया कपमा स्थान बनाएको थियो । यस्तै यूएई उपविजेता र जापान तेस्रो स्थानमा रहँदै एसिया कपमा पुगेका हुन् ।

संम्बन्धित समचार

Leave a Reply