कोशी प्रदेशको बजेट पास

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर १३, बुधबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

मंसिर १३, विराटनगर । कोशी प्रदेश सरकारले प्र्रदेशसभामा पेस गरेको बजेटसम्बन्धी प्रतिस्थापन विधेयक सर्वसम्मत रुपमा पारित भएको छ ।

बुधबार बसेको कोशी प्रदेशसभाको बैठकमा प्रतिस्थापन विधेयकमाथिको छलफल सकिएपछि ध्वनी मतका आधारमा विधेयक सर्वसम्मत रुपमा पारित भएको हो ।

उक्त विधेयकमाथि आठ जना सांसदले खर्च कटौतीको प्रस्ताव पेश गरेका थिए । मुख्यमन्त्री केदार कार्कीले बजेटले अन्याय गरेको क्षेत्रमा कानुनको सुविधा प्रयोग गरेर सच्याउने प्रतिबद्धता गरेपछि एमालेका तर्फबाट राखिएको प्रस्ताव फिर्ता भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस