बागमतीका मुख्यमन्त्री जम्कट्टेलले आह्वान गरे सर्वदलीय बैठक

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८० मंसिर १३, बुधबार (१ साल अघि)
  • ८३ पटक पढिएको
Post Thumbnail

मंसिर १३, हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सर्वदलीय बैठक आह्वान गरेका छन् । आगामी मंसिर १७ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन् ।

बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडामा प्रदेशका मन्त्रीहरुसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रदेशको वर्तमान राजनीतिक अवस्था र संसदीय समितिको विषयमा छलफलका लागि बैठक आह्वान गरिएको मुख्यमन्त्री जम्कट्टेलले बताए । उनका अनुसार प्रदेश सभामा रहेका समितिको सभापतिको टुंगो लगाउन सर्वदलीय बैठक आह्वान गरिएको हो ।

मुख्यमन्त्री जम्कट्टेलले बुधबार मन्त्रीहरुसँग नीति तथा कार्यक्रम कार्यान्वयनको समस्या, कर्मचारीहरुको सहयोग, कार्यक्रम कार्यान्वयनको प्रगतिको अवस्था लगायतका विषयमा छलफल गरिएको छ । बैठकमा हरेक महिना मन्त्रीहरुले मुख्यमन्त्रीसँग कार्य प्रगतिका विषयमा ब्रिफिङ तथा रिपोर्टिङ गर्ने गरी बैठक बस्ने निर्णय गरिएको छ भने बजेट पारित गर्दाको समयमा प्रतिपक्षहरुसँग गरेको सम्झौताका विषयमा पनि छलफल गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस