जेठ ३१,काठमाडौँ । नमुना सडकको रुपमा निर्माण हुने अपेक्षा गरिएकोे कलंकी–कोटेश्वर चक्रपथ विस्तारको काम अन्तिम चरणमा पुगेको छ ।
अहिलेसम्मकै अत्याधुनिक प्रविधि उपयोग भएको कलंकी अन्डरपास वे निर्माण पूरा भएको छ। आयोजना म्यानेजर भण्डारी दुई महिनाभित्रै त्यो सञ्चालनमा आउने बताउँछन्।
‘मुख्यतः कलंकीको अण्डरपास वे काम गर्न गाह्रो थियो। उक्त काम पूरा भइसकेको छ। अहिले हामी फिनिसिङको काम गरिरहेका छौं’, उनले भने। कलंकीको उक्त अण्डरपावस वे चाँडै सञ्चालन ल्याइने उनले बताए।
नयाँ बाटोदेखि कोटेश्वर सडक खण्डमा धमाधम पिच गर्ने काम भइरहेको छ। खशीबजारदेखि बल्खु खण्डको ढल निकासको काम आगामी वर्षा यामभन्दा अगाडि सक्ने गरी आयोजनाले काम गरिरहेको छ।
तस्विर : घनश्याम रिजाल