स्वर सम्राट नारायणगोपालका ‘तीन सपना’ पूरा गरिंदै

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०८० मंसिर १५, शुक्रबार (५ महिना अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर १५, काठमाडौँ । काठमाडौं महाराजगञ्ज, भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर पछाडिको मिलीजुली टोलस्थित २६८ नम्बरको घरमा अहिले केही चालचुल हुँदैछ ।

नेपाली गीत सङ्गीत जगतको एक मन्दिरमा अहिले त्यसका देवता नरहे पनि तिनको अस्तित्व जीवन्त बनाउन भौतिक संरचना निर्माण भइरहेको देख्न सकिन्छ । नेपाली गीत सङ्गीत क्षेत्रमा आफ्ना पालामा ‘न भूतो, न भविष्यति’ को छवि बनाएका ‘स्वर सम्राट्’ का स्मृतिमा ‘नारायणगोपाल सङ्गीत कोष’ ले उनको निवासलाई नै सङ्ग्रहालयको रूप दिने तयारी थालेको छ । अझ ‘पेमु’ सहितका नाममा निवास परिसरमा ‘नारायणगोपाल पेमला सूरमय गीतगङ्गा भवन’ पनि बनाएर उनको सपनालाई मूर्त रूप दिइँदै छ ।

काठमाडौं किलागलबाट हालको कामपा–३, भाटभटेनीमा क्षेत्रमा बसाइँ सरेका नारायणगोपाल ९विसं १९९६–२०४७० को निवासलाई सबै थरीका मानिसको गन्तव्य बनाउने उद्देश्यले कोषले एक महिनादेखि काम अगाडि बढाउँदै छ । तर, यस मंसिरमा त्यो सम्पन्न हुने छैन, करिब सात महिनापछि मात्र पुनः निर्माण र सङ्ग्रहालयको प्रारम्भिक काम सकिने छ । कोषले हरेक वर्ष गीत सङ्गीतका दुई स्रष्टालाई सम्मान गर्दै आएको छ र हालसम्म ४० जना सम्मानित भइसकेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस