भारतीय विदेश मन्त्री एस जयशंकर नेपाल भ्रमणमा आउने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर १९, मंगलबार (५ महिना अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

मंसिर १९,काठमाडौँ । भारतीय विदेश मन्त्री एस।जयशंकर नेपाल भ्रमणमा आउने भएका छन् । नेपाल–भारत विदेश मन्त्रीस्तरीय संयुक्त बैठकका लागि उनी नेपाल आउन लागेका हुन् । उनको भ्रमणको तयारीमा परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावास जुटिसकेका छन् । संयुक्त बैठकमा के(के एजेण्डामा छलफल हुने त्यसको बारेमा तयारी सुरु भएको छ ।

परराष्ट्र मन्त्रालयले जनवरीको पहिलो हप्ता उनी नेपाल आइपुग्ने भए पनि हालसम्म मिति भने तय नभएको बताएको छ । सम्पूर्ण तयारी पुरा भएपछि मिति तय हुने मन्त्रालय स्रोतले जनाएको छ । भ्रमणको क्रममा जलविद्युत, सीमा सुरक्षा, उद्योग व्यपारलगायतका विषयमा छलफल हुने बताइएको छ । भारतले नेपालबाट १० हजार मेगावाट विद्युत खरिद गर्ने निर्णय गरिसकेको छ । त्यस विषयमा पनि सम्झौता हुने भनिएको छ ।

प्रदीप ज्ञवाली परराष्ट्र मन्त्री रहेको बेला यसअघिको मन्त्रीस्तरीय संयुक्त बैठक २०७७ माघमा दिल्लीमा बसेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस