सुनको मूल्य प्रतितोला २ हजार ४ सयले घट्यो , कतिमा हुँदैछ कारोबार ?

मंसिर १९, काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य रेकर्ड मूल्यबाट घटेको छ । सोमबार प्रतितोला १ लाख २१ हजार ६ सय रुपैयाँ पुगेर कीर्तिमान बनाएको सुनको मूल्य आज प्रतितोला २ हजार ४ सय रुपैयाँ घटेर १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार हुनेछ ।

त्यस्तै, तेजावी सुन १ लाख १८ हजार ६ सय ५० रुपैयाँमा कारोबार हुनेछ भने चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँ रहेको छ । यसअघि चाँदी प्रतितोला १ हजार ५ सय ४५ रुपैयाँ रहेको चाँदीको मूल्य आज ४५ रुपैयाँले घटेको हो ।

संम्बन्धित समचार

Leave a Reply