नमस्ते पे मार्फत प्रत्येक उडान टिकेट खरिदमा १०० रुपैयाँ क्यासब्याक

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० मंसिर १९, मंगलबार (१ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

काठमाडौं । डिजिटल वालेट नमस्ते पेमार्फत उडान टिकेट बुक गर्ने यात्रुले १०० रुपैयाँ क्यासब्याक पाउने भएका छन् । कम्पनीले आफ्ना ग्राहकलाई सुपथ मूल्यमा टिकेट उपलब्ध गराउने उद्देश्यले शुक्रबारदेखि यस्तो अफर ल्याएको हो । यो अफर आगामी पुस १४ गतेसम्म सञ्चालन हुनेछ ।

१०० रुपैयाँ क्यासब्याक पाउन यात्रुले कुनै किसिमको प्रोमोकोड प्रयोग गर्नु नपर्ने कम्पनीले उल्लेख गरेको छ । नमस्ते पे वालेटबाट सो समयावधिभित्र टिकेट खरिद गर्दा स्वतः क्याशब्याक पाइनेछ। ‘क्यासब्याक प्रति टिकेट मान्य छ, जसको अर्थ यात्रुले जति धेरै टिकट खरिद गर्नेछन्, उति नै बढी क्याशब्याक प्राप्त गर्नेछन्,’ कम्पनीले विज्ञप्तिमा भनेको छ ।नमस्ते पे प्रयोगकर्ताहरूले नमस्ते पे वालेट मार्फत आर्थिक दरका साथसाथै भरपर्दो र सुरक्षित बुकिङ पार्टनरबाट उडान टिकट खरिद गर्न सक्नेछन् । नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो ।

ताजा अपडेट

खोजी गर्नुहोस