अब केन्या जान भिसा लिनु नपर्ने !

  • अनलाइन केन्द्र
  • / कृषि/पर्यटन /
  • २०८० मंसिर २८, बिहिबार (४ महिना अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर २८, काठमाडौँ । केन्याले जनवरीदेखि सबै विदेशी आगन्तुकहरूको लागि भिसा आवश्यकता खारेज गर्ने भएको छ । केन्या जाने विदेशी आगन्तुकहरूले जनवरी २०२४ देखि भिसा लिनु नपर्ने भएको हो ।

राष्ट्रपति विलियम रुटोले मंगलवार राजधानी नैरोबीमा आयोजित जम्हुरी दिवस वा स्वतन्त्रता दिवसको उत्सवमा यस्तो घोषणा गरे । रुटोले आगामी जनवरीदेखि सबै विदेशी नागरिक भिसा बिना नै देशमा प्रवेश गर्ने बताउनु भयो । यस कदमले पर्यटन प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ ।

केन्याली नेताले भिसामुक्त नीति लागू गर्न सरकारले देशमा आउने सबै यात्रुलाई इलेक्ट्रोनिक प्लेटफर्ममार्फत पहिल्यै पहिचान गर्न डिजिटल प्लेटफर्म अपनाएको बताए । केन्याले यसअघि इण्डोनेसिया, सेनेगल र कंगोका नागरिकहरूका लागि भिसा बिनै प्रवेश दिएको थियो । राष्ट्रपति रुटोले सेप्टेम्बर २०२२ मा सत्ता लिएपछि महाद्वीपको एकीकरण एजेण्डालाई साकार पार्न केन्या भ्रमण गर्ने अफ्रिकीहरूका लागि भिसा उन्मुलन गर्न वकालत गर्दै आएका छन् । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस