हिमालयन रिइन्सुरेन्सको आईपीओमा आवेदन दिन म्याद थप

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० पौष १, आईतबार (५ महिना अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

पुस १,काठमाडौँ । हिमालयन रिइन्सुरेन्सको आईपीओमा आवेदन दिन म्याद थप भएको छ । कम्पनीले पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय थपेर पुस ११ गतेसम्म पुर्याइएको हो । तथापि, यसअघि मागभन्दा बढी आवेदन परे जुनसुकै दिन पनि सूचना निकालेर आईपीओ निष्कासन बन्द भएको जानकारी दिने कम्पनीले जनाएको छ ।

कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँका दरमा आईपीओ खुला गरेको हो । हिमालयनको जारी पुँजी १० अर्ब रुपैयाँ रहेको छ । जसको ३० प्रतिशतले हुन आउने ३ करोड कित्ता आईपीओ सर्वसाधारणलाई जारी गर्न यसले धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

सर्वसाधारणलाई छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् ३० लाख कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई खुला तथा बाँडफाँट भइसकेको छ । यस्तै, २ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर यस कम्पनीका कर्मचारी र ५ प्रतिशत अर्थात १५ लाख कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट भएको छ । बाँकी २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणलाई जारी गर्न लागिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस