पौष ६ गतेदेखि “बहुउद्देश्यीय धुनिबेशी नगर महोत्सव-२०८०” आयोजना हुने

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०८० पौष २, सोमबार (१ साल अघि)
  • २५३ पटक पढिएको
Post Thumbnail

पुस २,धादिङ । स्मार्ट धुनिबेशी युवा क्लवको आयोजनामा २०८० पौष ६ गते शुक्रबार देखी १५ गते आईतबार सम्म धुनिबेशी नगरपालिका वडा नं.-६ स्थित चालिसेबजारमा पहिलो पटक “बहुउद्देश्यीय धुनिबेशी नगर महोत्सव-२०८०” आयोजना गर्ने भएको छ। आज पत्रकार सम्मेलनको आयोजना गर्दै क्लबका अध्यक्ष शदिप बिक्रम शाहले दिएको जानकारी अनुसार स्थानीय स्तरमा उत्पादन भएका वस्तु तथा कृषी उपजहरुको प्रर्वद्धन गर्न, धुनिबेशी नगरको पहिचानलाई चिनाउन, यहाँको कला संस्कृति, भेषभुषा, धार्मिक एंव पर्यटकीय स्थलहरुको प्रचारप्रसार, लघु उद्यम, हस्तकला, घरेलु तथा साना उद्योग, कृषि तथा कृषिमा आधारित व्यवसायलाई नयाँ प्रविधिको जानकारी, स्वदेशी उद्योगलाई प्रतिस्पर्धी उद्योगको रुपमा उन्मुख गराउन, स्थानीय तहको संस्कृतिको प्रचार प्रसार र जर्गेना गर्ने विविध उद्देश्यका साथ “बहुउद्देश्यीय धुनिबेशी नगर महोत्सव-२०८०” आयोजना गर्न लागिएको हो ।

उक्त महोत्सवको बिशेष आकर्षकको रुपमा स्थानीय कलाकारहरुको नृत्य प्रतिभालाई पहिचान गर्ने उद्देश्यका साथ “धुनिबेशी आईडल-२०८०” को छनौट गर्ने कार्यक्रम रहेको छ भने हरेक दिन ख्याती प्राप्त राष्ट्रियस्तरका कलकारहरुको सास्कृतिक प्रस्तुतीका साथै स्थानीय कलाकारहरुको उत्कृष्ट प्रस्तुतीहरु पनी रहनेछ। महोत्सवमा स्थानीय उत्पादनहरुलाई प्रबर्धन गर्न तथा स्थानीय जनताहरुको आवश्यकताको परिपुर्तीका लागी ६५ वटा स्टलहरु रहने छन्। जसमा कार्यक्रममा सहभागीहरुले आफुलाई आवश्यक परेको सामाग्रीहरु खरिद गर्न सक्ने छन् ।

महोत्सवमा मनोरञ्जनको लागी बाल उद्यान, रोटे पिङ लगाएत अन्य खेल सामाग्रीहरु पनी रहने छन्। उक्त महोत्सव भब्यताका साथ सम्पन्न गर्नको लागी क्लबले स्थानीय सरकार, स्थानीय जन प्रतिनिधि, स्थानीय संघ संस्था तथा समुदायको सहकार्यमा बिभिन्न समितिहरु बनाई व्यवस्थित रुपमा संचालन गर्ने तयारी भईरहेको क्लवका कोषाध्यक्ष तथा महोत्सवको समन्वय तथा सहजिकरण गर्न गठन गरिएको समितिको संयोजक रञ्जित पाठकले जानकारी गराए । पत्रकार सम्मेलनमा बोल्दै क्लवका सचिव डा. अमृत उप्रेतीले महोत्सव मार्फत धुनिबेशी नगरको छुट्टै पहिचान स्थापित गर्न सम्पुर्ण नगरवासीहरु एकजुट हुन अपिल गरे । अन्तिममा बोल्दै धुनिबेशी नगरपालिका वडा नं-६ का अध्यक्ष रमेश प्रसाद आचार्य र उप-प्रमुख सुरज उप्रेतीले महोत्सवमा धुनिबेशी नगरपालिकाको सम्पुर्ण साथ र सहयोग रहने बताए ।

सम्पुर्ण कार्यक्रमको व्यवस्थापन क्लवका सदस्य मनिष उप्रेती नेतृत्वको समुहले गर्ने छ, कार्यक्रम संचालन तथा अतिथि ब्यवस्थापन क्लवका सह- सचिव प्रमोद गिरी नेतृत्वको समुहले गर्ने छ भने स्वयंसेवक परिचालन क्लवका सदस्य अचुत उप्रेती नेतृत्वको समुहले गर्ने छ साथै प्रचार प्रसारको काम क्लवका उपाध्यक्ष बिनोद कुमार उप्रेती नेतृत्वको समुहले गर्ने छ।

ताजा अपडेट

खोजी गर्नुहोस