जलविद्युत् आयोजनालाई उत्तरदायी बनाउन लिखुपिके गाउँपालिकाको आग्रह

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० पौष ४, बुधबार (४ महिना अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

पुस ४,सोलुखुम्बु । सोलुखुम्बुको लिखुखोलामा एमभी दुगड ग्रुपले निर्माण गरिरहेको जलविद्युत् आयोजनाले सामाजिक उत्तरदायित्व र वातावरणीय प्रभाव मूल्याङ्कनमा उल्लेख गरेका काम नगरेको भन्दै लिखुपिके गाउँपालिकाले माथिल्लो निकाय गुहारेको छ ।

पटक–पटक ताकेता र पत्राचार गर्दा समेत आयोजनाले उत्तरदायित्व अन्तर्गतका कुनै पनि काम नगरेको भन्दै गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले जिल्ला प्रहरी कार्यालयदेखि गृह मन्त्रालयसम्मको ध्यानाकर्षण गराएका हुन् ।

अध्यक्ष बस्नेतले गृहमन्त्री, गृह मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, विद्युत् विकास विभाग, जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु, जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु र रामेछापलाई पत्र लेखेर आयोजनाको काम तत्काल रोक्का राखी स्रोत प्रयोग गरे बापत सम्झौता अनुसारको उत्तरदायित्व बहन गराइदिन आग्रह गरेका छन्।

दुगड एमभी ग्रुपले सोलुखुम्बु र रामेछापको सीमा लिखुखोलामा नुम्बुर हिमाल २९ दशमलव ९ मेघावाट, ग्लोबल हाइड्रोपावर ५५ मेघावाट र पान हिमाल ७७ मेगावाट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस