राष्ट्रपति पौडेल र श्रीलंकाका विदेशमन्त्री मोहम्मद अलीबीच भेटवार्ता, के-के भयो कुराकानी ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष ६, शुक्रबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

पौष ६, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्रीबीच शिष्टाचार भेटवार्ता छ । आज राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र श्रीलंकाका विदेशमन्त्री मोहम्मद अली साब्रीबीच शिष्टाचार भेटवार्ता भएको हो ।

उक्त भेटवार्तामा राष्ट्रपति पौडेलले श्रीलंकाका तत्कालीन राष्ट्रपति महिन्दा राजापाक्षले नेपाल भ्रमणका अवसरमा लुम्बिनी संसारको सांस्कृतिक गन्तव्यस्थल हुने बताएको स्मरण गर्दै नेपाल र श्रीलंका बीचको सांस्कृतिक सम्बन्धलाई अझ मजबुत र व्यापक बनाउनुपर्नेमा जोड दिए । सो अवसरमा विदेशमन्त्री साब्रीले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ गराउनुका साथै दुवै देश बीच लगानीका सम्भावना बढाउन आवश्यक रहेको धारणा समेत व्यक्त गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस