नेपाली महिला अधिकारकर्मी राणा राष्ट्रसंघीय कमिटीको उपाध्यक्षमा निर्वाचित

फागुन ६, काठमाडौं । नेपाली महिला अधिकारकर्मी एवं सञ्चारकर्मी वन्दना राणा महिलाविरुद्ध हुने सबै प्रकारको भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति (सीईडीएडब्ल्यू)को उपाध्यक्षमा निर्वाचित भएकी छिन् ।

सोमबार भएको चुनावमा उनी दुई वर्षको कार्यकालका लागि उपाध्यक्ष पदमा निर्वाचित भएकी हुन् ।

संयुक्त राष्ट्रसंघीय समितिमा उपाध्यक्ष पदमा निर्वाचित हुने उहाँ पहिलो नेपाली पनि हुन्। राणा यसअघि सन् २०१६ मा यो समितिको सदस्य पदमा निर्वाचित भएकी थिइन् । उनी समितिमा रहेर रणनैतिक निर्देशकका रुपमा पनि कार्यरत छिन् ।

सीईडीएडब्ल्यू सन् १९८३ मा स्थापित भएको थियो । यसमा विश्भरबाट महिलाका मुद्दामा विज्ञ रहेका २३ जनाले प्रतिनिधित्व गर्छन् ।

संम्बन्धित समचार

Leave a Reply