लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार : नवनियुक्त दुई मन्त्रीले आज शपथ लिँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष ८, आईतबार (४ महिना अघि)
  • १  पटक पढिएको
Post Thumbnail

पौष ८, काठमाण्डौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले माओवादी केन्द्रबाट बाँकेकी कृष्णा केसी र कांग्रेसबाट प्युठानका सरोज थापालाई हिजो मन्त्री नियुक्त गरेका हुन् ।

अस्ति शुक्रवार नै मन्त्रिपरिषद् विस्तार गर्ने भनिए पनि कांग्रेसभित्र कुरा नमिलेपछि रोकिएको थियो । नवनियुक्त दुई मन्त्रीको आजै शपथको तयारी भएको गृहमन्त्री एवं सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले जानकारी दिए ।

केसीले खानेपानी, ग्रामीण तथा सहरी विकास र थापाले पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका छन् । यसअघि लुम्बिनीमा मुख्यमन्त्रीसहित सात सदस्यीय मन्त्रीमण्डल थियो । दुई मन्त्री थपिएसँगै लुम्बिनीमा नौ सदस्यीय मन्त्रीमण्डल भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस