प्रधानमन्त्री कप महिला क्रिकेट: एपीएफको लगातार तेस्रो जित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० पौष ८, आईतबार (१ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

पुस ८,काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा एपीएफले लगातार तेस्रो जित हात पारेको छ । ८ टिम सहभागी जारी प्रतियोगिताका लगातार तेस्रो खेल जित्ने एपीएफ र कोशी मात्रै हुन् ।

आफ्नो तेस्रो खेलमा लुम्बिनी प्रदेशलाई ९० रनले हराउँदै एपीएफले प्रतियोगितामा जितको यात्रा कायम राखेको हो । मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५१ रन बनाएको थियो ।

राष्ट्रिय टिमकी कप्तान इन्दु बर्माले एपीएफका लागि अलराउन्डर प्रदर्शन गरिन् । ब्याटिङमा ७० रनमा अविजित रहेकी इन्दुले बलिङमा ३ विकेट लिइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस