सुनको भाउ बढ्यो, चाँदीको घट्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० पौष ८, आईतबार (४ महिना अघि)
  • १  पटक पढिएको
Post Thumbnail

पुस ८,काठमाडौँ । सुनको भाउ आज तोलामा एक सय रुपैयाँले बढेको छ । शुक्रवार तोलाको एक लाख १९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख १९ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ भने आज घटेको छ । शुक्रवार एक हजार चार सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १० रुपैयाँले घटेर एक हजार चार सय ७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस