फिल्म ‘तुलसी’को ट्रेलर सार्वजनिक (हेर्नुस् ट्रेलर)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७५ फागुन ६, सोमबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन ६, काठमाडौं । चलचित्र ‘तुलसी’को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा ऋचा घिमिरे, विमलेश अधिकारी, आयुष रिजालको अभिनय रहेको छ । फिल्मलाई र शंकर घिमिरेले निर्माण तथा निर्देशन गरेका छन् । ऋचा घिमिरेको प्रस्तुतिमा रहेको यो फिल्म छुवाछुत तथा जातिय विभेद जस्तो गहन विषयवस्तुमा केन्द्रित छु रहेको छ ।

‘तुलसी’लाई शिवम् अधिकारीले लेखेका हुन् जसको सम्पालन शिव पुरीले गर्नुभएको हो भने यसमा छायाँकन दीपक वज्राचार्यको रहेको छ ।्ऋचा घिमिरे, विमलेश अधिकारी, आयुष रिजाल, जयकिसन बस्नेत, विष्णु सापकोटा, पुष्कर भट्ट, सुष्मा कार्की आदि मुख्य भुमिकामा छन् भने विशेष भुमिकाहरुमा राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ, करिश्मा मानन्धर, मौसमी मल्ल र तृप्ती नाडकर रहेका छन् ।

बोधि एच डी तथा ८८४८ मेडियाद्वारा डिस्ट्रिब्यूसन हुने र डिजिटल माध्यमबाट विश्वव्यापि डिजिटल प्रदर्शन गर्न लागिएको चलचित्र “तुलसी” चाँडै नै सार्वजनिक हुने जानकारी कलाकार तथा प्रस्तुतिकर्ता ऋचा घिमिरेले बताइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस