प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष १०, मंगलबार (४ महिना अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

पुस १०,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । दिउँसो तीन बजे उनले सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्रीमा नियुक्त भएको एकवर्ष पुगेको अवसरमा उनले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्। दाहाल गएको वर्ष पुस १० मा प्रधानमन्त्रीमा नियुक्त थिए । लगत्तै उनले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर कार्यसम्पादन गर्ने प्रतिबद्धता जनाएका थिए ।

सरकारले बितेको एक वर्षमा गरेका काम र प्रयासबारे जानकारी दिन प्रधानमन्त्ती प्रचण्डले सम्बोधन गर्न लागेको प्रधानमन्त्री प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस