सन् २०२३ को पर्यटन आगमनको सरकारी लक्ष्य पुरा

  • अनलाइन केन्द्र
  • / कृषि/पर्यटन /
  • २०८० पौष ११, बुधबार (४ महिना अघि)
  • १  पटक पढिएको
Post Thumbnail

पुस ११,काठमाडौँ । सन् २०२३ को पर्यटन आगमनको सरकारी लक्ष्य पुरा भएको छ । सरकारले यस वर्ष १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो । डिसेम्बर अन्तिम साता आइपुग्दा १० लाख पर्यटक भित्र्याएर सरकारले आफ्नो लक्ष्य पुरा गरेको हो ।

पर्यटन बोर्डका अनुसार डिसेम्बर २७, २०२३ बिहानसम्म ९ लाख ९९ हजार १०९ जना विदेशी पर्यटक नेपाल भित्रिसकेका थिए । जसमा बुधबार बेलुका ४ बजेसम्म थप ३ हजार बढी पर्यटक भित्रिएको अध्यागमन विभागले जनाएको छ । बुधबार मात्र नेपालीसहित कूल ६ हजार २०२ जना त्रिभुवन विमानस्थल अध्यागमन हुँदै नेपाल भित्रिएका छन् ।

१० लाखको लक्ष्य पुरा हुँदै गर्दा पर्यटन क्षेत्रको सुधारमा सरकार सफलता भएको मान्न सकिए पनि समयमा नै पर्यटन गतिविधि प्रचारप्रसार तथा आवश्यक तयारी नहुँदा अझ बढी पर्यटक भित्र्याउन नसकिएको पर्यटन बोर्डका प्रवक्ता मणिराज लामिछाने बताउँछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस