पुस १२,काठमाडौँ । मन्त्रिपरिषद् बैठक जारी छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को नियमित बैठक केहीबेर अघि सुरु भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार एक वर्ष पुगेपछिको यो पहिलो मन्त्रिपरिषद् बैठक हो । बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय हुने एक मन्त्रीले जानकारी दिए ।