भरत सिंहको चित्रकला प्रदर्शनीमा बालेन शाहदेखि अजेयराज सुमार्गीसम्म

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०८० पौष १३, शुक्रबार (४ महिना अघि)
  • १  पटक पढिएको
Post Thumbnail

पुस १३,काठमाडौँ । भारतस्थित बम्बई बस्दै आएका धनगढीका कलाकार भरत सिंहको चित्रकला प्रदर्शनी काठमाडौँमा भैरहेको छ । नेपाल आर्ट ग्यालरी बबरमहलमा गत पौष १० गतेदेखि भैरहेको हो । १४ गते सम्म प्रदर्शनी चल्नेछ । प्रदर्शनीमा ४० जना उद्योगपति ,व्यापारी,समाजसेवी,राजनीतिज्ञ तथा कलाकारहरुको चित्र राखिएको छ। प्रदर्शनीमा राखिएका तस्विरहरु सबै भरत सिंहले तयार पारेका हुन् । उनी बिगत १५ वर्षदेखि यस क्षेत्रमा रहेको सिंहले बताए । आकर्षक देखिने पोट्रेट फोटोको अवलोकनका लागि उल्लेख्य मात्रामा उपस्थिति रहेको छ ।

तिन बर्षअघि नेपालमा यस्तै फोटो प्रदर्शनी गरेका सिंहले फेरी दोहोर्‍याएर नेपालमा प्रदर्शनी गरेका हुन् । भारतमा भने सिंहले प्रत्येक वर्ष आफ्नो कला प्रदर्शनी गरिरहेका छन् । फोटो प्रदर्शनीले कलाको महत्व र आवश्यकता बढ्दै जादा व्यवसायिक रुपमा अगाडी बढ्न सजिलो भएको सिंहले अनलाइनकेन्द्रलाई बताए। प्रदर्शनीमा राखिएका फोटोहरु अवलोकनका क्रममा काठमाडौँ महानगरका मेयर बालेन शाह र उद्योगपति अजेयराज सुमार्गीको फोटो उत्सुक्तापुर्वक सहभागीले नियालिरहेका थिए। बालेन शाह स्वतन्त्रबाट चुनाव लडेर काठमाडौँ महानगरका मेयर बनेका हुन् भने अजेयराज सुमार्गी नेपालका चौथो धनिको रुपमा चर्चा कमाएका उद्योगी हुन् । पछिल्लो समय आध्यात्मिक क्षेत्रमा रुचि राख्दै जीवन र जगतलाइ बुझ्दै अगाडी बढेका व्यक्तित्त्वको रुपमा परिचित छन्।

नेपालका चर्चित कलाकार,राजनीतिज्ञ, व्यवसायिक तथा उद्योगपतिहरुको चित्र प्रदर्शनीमा राखिएको सिंहले बताए। प्रदर्शनीमा सबैका तस्बिर दर्शकहरुले चाखपुर्वक हेरेको सिंहले बताए । प्रदर्शनीमा उद्योगपतिहरु पवन गोल्यान,चन्द्र ढकाल,राजेन्द्र खेतान,दिपक मल्होत्रा,जिवा लामिछाने,विकास राणा लगायतको तस्बिर रहेका छन् । प्रदर्शनीमा महानायक राजेश हमाल, बरिष्ठ कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, डा. सन्दुक रुइत लगायतको तस्बिर पनि सिंहले आफ्नो फोटो प्रदर्शनीमा समेटेका छन् । चित्रमा बनाइएका ४२ जनाकै सर्प्राइज आर्टको रुपमा प्रस्तुत गरेको कलाकार सिंहले बताए। फोटो बनाइएका अधिकांशलाइ उनले भेटेका छैनन् तर पनि चर्चित लागेका मध्येबाट उनले आफ्नो पेन्टिङमा समेटेको अनलाइनकेन्द्रलाई बताए।

ताजा अपडेट

खोजी गर्नुहोस