युक्रेनले रुसमा गरेको आक्रमणमा २० जनाको मृत्यु, सयभन्दा बढी घाइते

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८० पौष १५, आईतबार (१ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

पौष १५, काठमाण्डौँ । युक्रेनले दक्षिणपश्चिमी रुसमा घातक हवाई हमला गरेको आरोप रुसले लगाएको छ । युक्रेनको सिमाना नजिक रहेको बेलगोरोडमा शनिबार भएको आक्रमणमा २० जनाको मृत्यु हुनुका साथै सयभन्दा बढी घाइते भएका बताइएको छ ।

त्यहाँका गभर्नरले यसलाई अहिलेसम्मकै सबैभन्दा घातक हमला भनेका छन्। उनका अनुसार मृत्यु हुनेमा तीन बालबालिका पनि छन् ।
युक्रेनी सेनासँग सम्बन्धित एक स्रोतले शनिबारको आक्रमणमा सेनाको पूर्वाधारलाई मात्र निशाना बनाएको बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस