जसपाको धरानमा आयोजित प्रशिक्षण सकियो

जसपाको धरानमा आयोजित प्रशिक्षण सकियो

पुस १८,धरान । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । धरानको लाङ्घाली बन उपभोक्ता समुहको भवनमा आयोजित तीन दिवसीय राजनैतिक प्रशिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको हो ।

पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीको विधानबारे, संगठनात्मक कार्यपद्धति, पार्टीको आदर्श, संघीयता, सुशासन, सामाजिक न्याय र समाजवाद साथै लिम्बुवान र उत्पीडित राष्ट्रियताको मुक्तिका सवालहरु, समाजवादको ऐतिहासिक पृष्ठभूमि र विकासक्रमबारे प्रशिक्षण दिए।

त्यसैगरी पार्टीका कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठले संघवादका आधारभूत सिद्धान्त र समाजवादको नेपाली बाटो विषयमा प्रशिक्षण दिए । पार्टीका कार्यकारिणी सदस्य रकम चेम्जोङलाई संगठन सुदृढीकरण अभियान तथा कार्यान्वयन र पहिचानको आन्दोलनको विषय रहेको थियो।

त्यस्तै पार्टी विधान र संगठानात्मक पद्धतिबारे कार्यकारिणी सदस्य रणध्वोज कन्दङ्वा, राजनीतिमा लैङ्गिक सशक्तिकरण स् युवा विद्यार्थी र महिलाको भूमिकाको विषयमा कार्यकारिणी समिति सदस्य सुशीला श्रेष्ठले प्रशिक्षण दिइन् ।

पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य परशुराम बस्नेत, डा. महेन्द्र लावती, दिलेन्द्र कुरुम्बाङ र खगेन्द्र माखीमले पनि प्रशिक्षण दिए । लिम्बुवान राष्ट्रिय समितिको आयोजनामा सम्पन्न प्रशिक्षणमा एक सय पचास प्रतिनिधि सहभागी थिए।

ताजा अपडेट

खोजी गर्नुहोस