‘बिकास र समृद्धिका लागि हरेक गाउँमा मेस्सी जन्मनु पर्छ !’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ जेष्ठ ३१, बिहिबार (६ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

विष्णुहरी त्रिपाठी (युवा नेता)


रुसमा सुरु भएको वल्र्डकप फुटबलले बिश्वलाई नै तरङित गरिरहदा बिकास र समृद्धिलाई केन्द्रबिन्दुमा राखेर ‘सुखी नेपाली,समृद्ध नेपाल’को नारामा हिड्न सुरु गरेको नेपाली समाजलाई नेतृत्वमा युवा सहभागिताको सन्देश सगै दवाव सृजना गरेको छ।

एकजना युवा खेलाडी मेस्सीको उपस्थितिले जसरी अर्जेन्टिनाको लोकप्रियता नेपाल लगायत ससारभर बढेको छ, आज हाम्रो समाजलाई अगाडी बढाउन,बिकास र समृद्धिमा अगुवाको भुमिका खेल्न हरेको गाउँहरुमा नेपाली युवाहरु मेस्सी बन्नुपर्ने भएको छ । सात दशक लामो राजनीतिक अधिकार प्राप्तीको आन्दोलन समाप्ति सगै देश बिकास र समृद्धि तर्फ लम्किएको छ।

बिगतलाई फर्केर हेर्दा एकैदिन स्थापना भएको थाई एयरलाइन्स र नेपाल वायुसेवा निगम होस् या आजभन्दा ५० बर्ष अगाडीको कोरिया र नेपालको तुलना गर्दा किन नहोस् ,नेपालको परिस्थिति उनिहरुको दाँजोमा तुलना गर्नै नसक्ने अवस्थामा छ । २०० वटा बोईङ भएको थाई र १ वटा बोईङको मात्र भरमा चलेको नेपाल वायुसेवा निगमको अहिलेको हालत देख्दा र बिगतमा नेपालबाट चामल आयात गर्ने कोरियाको प्रगतिको कथा सुन्दा हामी सबैलाई नैरस्यताले सताउछ ।

राजनितिक अधिकारको आन्दोलन समाप्ती सगै जनताका अधिकारहरु संविधान मार्फत सस्थागत हुँदै स्थिर सरकार निर्माणसगै सरकारले अगाडी सारेका कार्यक्रमहरुले सबै नेपाली जनताहरुलाई आशावादी बनाउन थालेको छ।

३ करोड जनसंख्या भएको हाम्रो देशमा ९० लाख युवाहरु छन् ,५० लाख युवाहरु बिदेशमा श्रम गर्न बाध्य छन् भने देशभित्र ४० लाख युवाहरु रहेको छ । हरेक बर्ष ५ लाख युवाहरु रोजगारीका लागि श्रम बजारमा आउछन् ।पुँजीको बिकास गर्दै समाजवाद हुँदै साम्यवादमा पुग्ने लक्ष्यमा हिडेको सरकारले दलाल पुँजीवादको जर्जरबाट देशलाई मुक्त गर्नु प्रमुख चुनौतीको रुपमा देखा परेको छ । दैनिक उपभोग्य वस्तु लगायत सम्पुर्ण कुराहरु बिदेशबाट आयात हुने तर देशमा भएका कलकारखानाहरु बिदेशी वस्तुसग प्रतिस्पर्धा गर्न नसकेर बन्द गर्नुपर्ने वर्तमान परिस्थितिले देशमा बेरोजगारीको बिकराल अवस्था अन्त गर्न चुनौती खडा भएको छ ।

उत्पादनमुखी अर्थब्यबस्थामा तत्काल जोड दिनु वर्तमान सरकारको प्राथमिकता हुनुपर्ने देखिएको छ। आत्मनिर्भर अर्थतन्त्र निर्माणको लागि गाउँ गाउँमा सरकारी अनुदानमा युवा नेतृत्वमा मझौला उद्योगको स्थापना,उत्पादनमुखी क्षेत्रमा रेमिटेन्सको प्रयोगको बिशेष ब्यवस्था लगायत तिब्रगतिमा भौतिक पुर्वाधार निर्माण सगै नेपाली सीप र श्रमको अधिकतम प्रयोग गरिनु पर्दछ । जसका कारण देशले बिकास र समृद्धिको बाटो पहिल्याउन सक्दछ।

अति बिकसित मुलुक जापान आज जन्मदरको कमिले युवाहरुको संख्या घटिरहदा बिकाश दर कायम राख्न ४ लाख युवाहरु बिदेशबाट आयातको योजना बनाउदै छ भने नेपालमा ५० लाख युवाहरु रोजगारीको लागि बिदेश जानुपर्ने अवस्था छ।यस्ता खालका बिकराल समस्या समाधान गर्न युवाहरु आफै जुर्मुराउनु पर्नेभएको छ । हरेक गाउँमा खेलाडी मेस्सीको भुमिकामा रहेर समाजलाई चलायमान बनाउन युवा अग्रसर बन्नुपर्ने बेला आएको छ।

त्रिपाठी युवासंघ नेपालका केन्द्रिय सदस्य हुन ।

ताजा अपडेट

खोजी गर्नुहोस