लमजुङमा ‘हाई अल्टिच्युड’ को प्याराग्लाइडिङ विद्यालय सञ्चालन

Post Thumbnail

पुस १९,लमजुङ । लमजुङमा ‘हाई अल्टिच्युड’ को प्याराग्लाइडिङ विद्यालय सञ्चालनमा आएको छ । लमजुङको दोर्दी गाउँपालिका–८ थोँतीमा बाबु एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीले विद्यालय सञ्चालनमा ल्याएको हो ।

तीन हजार नौ सय मिटर उचाइमा रहेको विद्यालयमा उच्च हिमाली भेगमा कसरी प्याराग्लाइडिङमा उड्ने र उडान गर्नेबारे सीप सिकाइने कम्पनीका सञ्चालक सानोबाबु सुनुवारले जानकारी दिए । नागरिक उड्डयन प्राधिकरणको स्वीकृति र पालिकासँगको सहकार्यमा विद्यालय सञ्चालन गरिएको उनको भनाइ छ ।

प्याराग्लाइडिङ विद्यालय सञ्चालन गर्न आवश्यक पूर्वाधारका लागि दोर्दी गाउँपालिकाले समेत सहयोग गरेको गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताए । गाउँपालिकामा रहेको भेडीगोठसहितका अन्य पर्यटकीय गन्तव्यको प्रवर्द्धनका लागि पनि प्याराग्लाइडिङ विद्यालय महत्त्वपूर्ण हुने उनको भनाइ छ ।

पालिकामा प्याराग्लाइडिङ विद्यालय स्थानीयका लागि समेत नयाँ अवसर भएको अध्यक्ष अधिकारीले बताए।

बाबु एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीले नौ वर्षदेखि स्याङ्जाको भीरकोट नगरपालिका–५ स्वरेक मैदानमा प्याराग्ग्लाइडिङ विद्यालय सञ्चालन गर्दै आएको छ । प्याराग्लाइडिङ विद्यालयसँग सहकार्य र सहयोगका लागि विभिन्न कम्पनीले चासो देखाएका छन् । भर्खरैमात्र रेडबुलको ुएड्भेन्चरु टोली नेपाल आएर विद्यालयको अवलोकन गरेको थियो । त्यसपछि उनीहरूले विद्यालयसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको सञ्चालक सुनुवारले बताए ।

नेपालमा हिमाल आरोहणका लागि मात्रै नभई विदेशी पर्यटक ुहाई अल्टिच्युडु प्याराग्लाइडिङका लागि आउने नेपाल हवाई खेलकुद संस्था (ना) का निवर्तमान अध्यक्ष कृष्ण भट्टराईले बताए । सामान्य प्याराग्लाइडिङ विश्वको धेरै ठाउँमा उपलब्ध रहेको भए पनि ुहाई अल्टिच्युडु भने नभएको उनको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस