जापानमा शक्तिशाली भूकम्प : मृतकको संख्या ९२ पुग्यो, २४२ जना बेपत्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष २०, शुक्रबार (१ साल अघि)
  • २३ पटक पढिएको
जापानमा शक्तिशाली भूकम्प : मृतकको संख्या ९२ पुग्यो, २४२ जना बेपत्ता

|A man looks over the burned Wajima Asa-ichi, or morning market area, in the city of Wajima, Ishikawa prefecture, on January 5, 2024, after a major 7.5 magnitude earthquake struck the Noto region on New Year's Day. The death toll from a devastating earthquake in central Japan rose to 92 on January 5, regional authorities said, with the number of missing jumping to 242. (Photo by Toshifumi KITAMURA / AFP)

पौष २०, काठमाण्डौँ । जापानको इशिकावामा ७.६ म्याग्निच्युडको भूकम्प गएको चौथो दिनसम्ममा मृत्यु हुनेको संख्या ९२ पुगेको छ । यस क्षेत्रमा उद्धार तथा खोजी कार्यहरू तीव्र रूपमा भइरहेको छ क्षतिको तथ्यांक भने बढ्दै गएको देखिन्छ ।

स्थानीय समय अनुसार शुक्रबार बिहान ९ बजेसम्म इशिकावामा २४२ जना बेपत्ता भएको जापानी समाचार संस्था, क्योदोले क्षेत्रीय अधिकारीहरूलाई उद्धृत गर्दै जानकारी दिएको छ ।

भूकम्पपछि सबैभन्दा प्रभावित तटीय सहर वाजिमामा अझै पनि ४० भन्दा बढी मानिस भग्नावशेषमा फसेका छन् । जापानको सेल्फ डिफेन्स फोर्सका अनुसार, प्रहरी र दमकल विभागका चार हजार ६०० कर्मचारी मिलेर बेपत्ताको खोजी तथा सुरक्षाको पुष्टि गर्ने प्रयासहरू गरिरहेका छन् ।

क्योदोका अनुसार जापानको भू–स्थानिक सूचना प्राधिकरणलाई उद्धृत गर्दै वाजिमा सहरको केन्द्रमा भुइँचालोका क्रममा आगलागी भएपछि करिब ४८ हजार वर्ग मिटर क्षेत्रफल नष्ट भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस