चेल्सीलाई हराउँदै म्यानचेस्टर युनाइटेड अन्तिम ८ मा

फागुन ७, काठमाडौं । चेल्सी एफए कप फुटबलको पाँचौँ चरणबाट बाहिरिएको छ । अवे मैदानमा सोमबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले चेल्सीलाई २–० ले हराउँदै अन्तिम ८ मा स्थान पक्का गरेको हो ।

घरेलु टोली चेल्सीले पहिलो हाफमा नै दुई गोल खायो र दोस्रो हाफमा खेलमा फर्किन सकेन । म्यानचेस्टर युनाइटेडको जितमा एन्देर हरेरा र पउल पोग्बाले गोल गरे ।

३१ औँ मिनेटमा पोग्बाको क्रसमा हरेराले गोल गर्दै युनाइटेडलाई सुरुवाति अग्रता दिलाएका हुन् ।

४५ औँ मिनेटमा पोग्बाले गोल गरेपछि पहिलो हाफमा युनाइटेडले २–० को अग्रता लियो । दोस्रो हाफमा चेल्सीले गोल फर्काउन सकेन र युनाइटेडले थप गोल गर्न सकेन ।

क्वाटरफाइनलमा म्यानचेस्टर युनाइटेडले वुल्भ्स, वाट्फोर्डले क्रिष्टल प्यालेस, म्यानचेस्टर सिटीले स्वान्सी सिटी तथा मिलवालले ब्राइटनसँग खेल्ने भएका छन् ।

संम्बन्धित समचार

Leave a Reply