जेठ ३१,संखुवासभा । संखुवासभाको खाँदबारी–३ मानेभञ्ज्याङबाट प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।
बुधबार राती प्रहरीको गस्ती टोलीले सिलिचोङ गा“उपालिका–५ याफुका ३५ वर्षीय केदार राईलाई पक्राउ गरेको हो ।
को ३१ प ९५४४ नम्बरको मोटरसाईकलबाट खाँदबारीतिर आउँदै गरेका राईले शंकास्पद गतिविधि गरेपछि प्रहरीले जाँच गरेको थियो ।
उनको साथबाट स्वचालित पेस्तोल, त्यसको दुईवटा म्यागजिन र १४ राउण्ड गोली बरामद गरिएको डीएसपी श्यामकुमार सारुमगरले बताए ।
उनलाई हातहतियार तथा खरखजाना अन्तर्गत मुद्धा दर्ता गरिएको छ ।
पक्राउ परेका राई नयाँशक्ति पार्टीका कार्यकर्ता हुन् । उनी गएको स्थानीय तहको निर्वाचनमा सिलिचोङ गाउँपालिका ५ मा वडा अध्यक्षको उमेदवार बनेका थिए ।