अवन मृत्यू प्रकरणः चितवनको ‘द फ्युचर मन्टेश्वरी’माथी छानविन माग, पिडितले क्षतिपुर्ती बुझेनन्

राज ढुंगाना

फागुन ७, चितवन । चार वर्षिया अवन अर्याल भरतपुर महानगरपालिका–१५ स्थित द फ्युचर मन्टेश्वरीमा पढ्न जान्थे । धादिङ बैरेनी घर भएतापनि उनि मामाघरमा बसेर पढ्ने गर्थे । मन्टेश्वरी ओहोरदोहोर गर्न उनि मन्टेश्वरीले नै सञ्चालन गरेको बस प्रयोग गर्थे । गत पुस ११ गते बसबाट ओर्लेर घर जानेबेलामा आफु चढेकै ना १ ख ६८४३ नम्बरको बसले ठक्करबाट उनको घटनास्थलमै मृत्यू भयो । बसबाट ओराल्न नपाउदै चालकले गाडी अगाडी बढाएपछि बच्चालाई सोही बसले किचेको थियो । बिद्यार्थी बोक्ने बसले नै बिद्यार्थीलाई मारेको यो पहिलो पटक होईन । तिन महिनाको बिचमा स्कुल बसले नै ठक्कर दिएर ३ विद्यार्थीको मृत्यू भईसकेको छ । पटक–पटकको लापरवाही र बिद्यार्थीको उचित रेखदेख नहुनु विद्यालय प्रशासनको गभ्मिर त्रुटी रहेको पिडितहरु बताउछन । अवनका बुवा प्रल्हाद अर्याल भन्छन–छोरो त मैले गुमाए,गुमाए अव अरुको छोराले यसरी ज्यान नगुमाउनको लागी म अन्तिमसम्म मन्टेश्वरी प्रशासनसंग लड्छु । मेरो छोराको न्यायको लागी म जुनसुकै मुल्य चुकाएर भएपनि मन्टेश्वरी व्यवास्थापनलाई कारवाही गराईछाड्छु । यता प्रहरीले भने घटनाको थप अनुसन्धान गरिरहेको बताएको छ ।

मन्टेश्वरी सञ्चालन मापदण्ड अनुरुप नभएको भन्दै छानविन माग

मृतकका बुवा प्रल्हादले शैक्षिक प्रशासन महाशाखा भरतपुर महानगरपालिकामा मन्टेश्वरी गैर कानुनी ढंगले सञ्चालन गरेको,मापदण्ड नपुर्याएको भन्दै छानविन गर्न माग गरेका छन । छोरालाई सही ठाँउमा नओरालेको र स्वयम कियरटेकर समेत रहेकी मन्टेश्वरीकी शिक्षीका सम्झना सुवेदीले बच्चा ओराल्दा गम्भिर लापरवाही गरेको उनको आरोप छ । बच्चा ओर्लन नै नपाउदै चालकले बस दौडाएपछि सोही बसले बच्चालाई किचेको थियो । यसैबीच पिडितले सरकारी विद्यालयमा अध्यापन गर्ने मन्टेश्वरीका कार्यकारी समिती सदस्य भरत अधिकारीले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन । उनले सरकारी स्कुलमा पढाउने गरेको तर निजी फाईदाको लागि मन्टेश्वरी स्कुल खोलेर निमयको धज्जी उडाएको पिडितहरुको आरोप छ ।

जाहेरी दिएपनि मन्टेश्वरी सञ्चालकलाई कारवाही भएन्

मृतक अवनका मामाघरका हजुरवुवा हिक्मत बहादुरले मन्टेश्वरी सञ्चालकलाई कडाभन्दा कडा कारवाहीको माग गरेर प्रहरीमा जाहेरी दिएपनि अझैसम्म प्रहरीले चासो दिएको छैन । बस चालक,मन्टेश्वरी सञ्चालक र स्वयम विद्यार्थीको हेरचाहमा बसेका कियरटेकरले समेत गम्भिर लापरवाही गरेको देखिन्छ । पिडित नै स्वयम घटनाको प्रत्यक्षदर्शि हुँदा र सत्यतथ्य समेत जाहेरीमा उल्लेख गर्दा प्रहरीले कानमा तेल हालेर बस्नुलाई पिडितले शंकाको भावले हेरका छन । पिडित परिवारले मन्टेश्वरीले शुरुमा बच्चा कियरिङको लागि महिलालाई राखेपनि पछि सोही महिलाको श्रीमानलाई राखेर अर्को गल्ती गरेको आररोप लगाएका छन ।

पिडित परिवारले क्षतीपुर्ति बुझेनन्

अवनका परिवारले अहिलेसम्म क्षतीपुर्ति बुझ्न मानेका छैनन् । मृतकका बुवा प्रल्हादले भने–मलाई त २/४ लाख आउला,पैशाले मेरो पिडा कम त अवश्य हुदैन । भोली मेरो जस्तो अरुलाई नि पर्ला । के सधैँ टुलुटुलु हेरेर बस्ने ? म यति भन्छु-‘चालक,कियरटेकर र सिंगो मन्टेश्वरी सञ्चालक समितीलाई कारवाहीको दायरामा ल्याईनुपर्छ । सत्यतथ्य बाहिर आउनुपर्छ ।’ उनले द फ्युचर मन्टेश्वरी नै गैरकानुनी ढंगले सञ्चालनमा रहेको र यसबारे प्रशासनले तत्काल छानविन गर्नुपर्ने बताए ।

मन्टेश्वरीका अध्यक्ष गोपी चालिसे भन्छन– म दोषी सावित भए, कारवाही भोग्न तयार छु

मन्टेश्वरीका अध्यक्ष गोपी चालिसेले आफु घटनाको दोषी रहे कारवाही भोग्न तयार रहेको बताएका छन । उनले पिडितलाई क्षतीपुर्ति दिन तयार रहेको बताउदै आफुपनि घटनाबाट दुखी भएको बताए । उनले घटनालाई सहजीकरण गर्न वडामा समिती समेत गठन गरेको बताए । उनले भने–हामीले के गर्नुपर्छ त्यो गछौँ, नहुनु गल्ती भईहाल्यो,दोषीलाई सजाय हुनुपर्छ ।

संम्बन्धित समचार

Leave a Comment