हिसान काठमाडौँको अध्यक्षमा चेम्जोङ्ग, उपाध्यक्षमा न्यौपाने निर्वाचित

हिसान काठमाडौँको अध्यक्षमा चेम्जोङ्ग, उपाध्यक्षमा न्यौपाने निर्वाचित

पुस २२,काठमाडौँ । उच्च शिक्षालय तथा माध्यामिक संघ नेपाल जिल्ला शाखा काठमाडौँ (हिसान काठमाडौँ) को अध्यक्षमा जेशिका चेम्जोङ्ग, बरिष्ठ उपाध्यक्षमा गोपिराज पराजुली,उपाध्यक्षमा ऋषि न्यौपाने,सचिवमा लकश श्रेष्ठ,कोषाध्यक्षमा दिपक न्यौपाने,सहसचिवमा कृष्ण गौतम सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार राजधानीमा आयोजित अधिवेशनबाट पदाधिकारी तथा सचिवालय सदस्य सर्वसम्मत निर्वातिच भएका हुन् ।

यसैगरी सचिवालय सदस्यहरुमा प्रज्वल कोइराला,छवि पाण्डे,राजेन्द्र त्रिपाठी,लक्ष्मण घिमिरे,सुवासचन्द्र जोशी,श्याम महर्जन,प्रकाश थापा,शिशिर उप्रेती र प्रेमा राई रहेका छन् । अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथी पुर्वमन्त्री उमेश श्रेष्ठले विद्यालय संचालकहरुलाई धेरै तिर लगानी गर्न र कृषि तथा स्वास्थ्यमा लगानी गर्दा त्यसको भविष्य राम्रो रहेको बताए । अतिथि रमेश सिलवालले विद्यालयहरू मर्जरमा जान सकिने सल्लाह दिएका थिए । उनले विद्यालयहरू चल्न नसकेर गाभिने हैन कि सशक्त र उच्च गुणस्तरको बन्नको लागि हो भन्ने बिचार व्यक्त गरेका थिए ।

सोही कार्यक्रममा EDUCATION नामको स्मारिका पनि लोकार्पण गरिएको थियो । कार्यक्रममा पत्रकार लक्ष्मी ढकाललाई नगद तथा सम्मान पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा हिसान काठमाडौँका निर्वतमान अध्यक्ष शिव अधिकारीसहित वर्तमान पदाधिकारी तथा सदस्यलाई सम्मान गरिएको थियो । नवनिर्वाचित कमिटीले अक्षय कोषको स्थापना गरी हरेक बर्ष विभिन्न विषयका उत्कृष्ट विद्यार्थीहरुलाई पुरष्कार दिने घोषणा समेत गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस