लुम्बिनीमा २ सिटका लागि सात जनाको उम्मेदवारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष २३, सोमबार (३ महिना अघि)
  • ० पाठक संख्या
लुम्बिनीमा २ सिटका लागि सात जनाको उम्मेदवारी

पौष २३, काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा २ सिटका लागि सात जनाको उम्मेदवारी परेको छ ।

महिला कोटामा ३ जना र अन्य कोटामा ४ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत कुलप्रसाद पान्डेले जानकारी दिए । महिला कोटामा नेकपा एमालेबाट तुलसा केसी, गठवन्धनबाट नेपाली कांग्रेसकी विष्णु कुमारी सापकोटा र राप्रपाबाट विजयलक्ष्मी सिहको उम्मेदवारी परेको छ ।

त्यस्तै अन्यबाट एमालेका झपिन्द्रबहादुर घर्ती क्षेत्री, गठबन्धनबाट माओवादीका झक्कु सुवेदी , राप्रपाबाट निरञ्जन कुमार थापा र जनमत पार्टीका वालगोविन्द चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय सभा सदस्यमा लुम्बिनी प्रदेशबाट अनिता देवकोटा र कुमार दसौँदीकोे कार्यकाल सकिएपछि निर्वाचन हुन लागेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस