आजको मौसम : तराईका अधिकांस जिल्लामा हुस्सु र शितलहर, हिमाली भेगमा हिमपात

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष २५, बुधबार (४ महिना अघि)
  • १  पटक पढिएको
Post Thumbnail

पौष २५, काठमाडौँ । आज मुलुकका पूर्वी तथा मध्य पहाडी भेगमा आंशिक बदली हुने छ । बाँकी भेगको मौसम भने समान्यतः सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पर्ने छ ।

महाशाखाका अनुसार आज राति कोशी, वागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । तराईका अधिकांस जिल्लामा आज पनि विहानैदेखि हुस्सु र कुहिरो लागेको छ । केहि दिन यता मुलुकभरको तापक्रम निरन्तर ओरालो लाग्ने क्रममा छ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घटेर आज न्यूतम ४ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । जुम्लाको न्यूनतम तापक्रम माइनस ६ दशमलव १ डिग्री सेल्सियसमा पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस