फागुन ७,काठमाडौँ । धादिङ केवलपुरमा जन्मिएका सञ्चारकर्मी तथा हाँस्य कलाकार एम जि तामाङ अहिले कार्यक्रममा ब्यस्त छन् । रेडियो राजमार्ग ९२.१ मेगाहर्जमा काउकुती कार्यक्रम सञ्चालन गरेर सञ्चार क्षेत्रबाट आफ्नो यात्रा सुरुवात गरेका सञ्चारकर्मी माधव घले अहिले दर्शक र श्रोताको ओठमा छुट्टै नाम एम. जि. तामाङबाट परिचित छ्न् ।
रेडियोमा काम गर्दै साङ्गितिक यात्रामा समेत यात्रा अगाडि बढएको सञ्चारकर्मी तामाङ विभिन्न राजनीतिक दलका ब्याक्तित्वहरुका आवाजको सजिलोसँग जस्ताको त्यस्तै अभिनय गर्न सिपालु छन्। आजभोली दर्शक र श्रोताका माया ममता र स्नेहका कारण दिनप्रतिदिन विभिन्न कार्यक्रम र गोष्ठी समारोहमा आफ्नो कलाकार प्रस्तुति दिन र दर्शक श्रोतालाई हँसाउन ब्यस्त छन् ।
मायाको कसम तोड्दिन बोलका गीतबाट आरम्भ गरिएका साङ्गितिक यात्रा अरु धेरै गीतहरूमा स्वर भरिसकेका छन् भने अभिनय पनि गरिसकेका छन् । बहुकला ब्याक्तित्व सञ्चारकर्मी तथा हाँस्यकलाकार तामाङ स्टेज कार्यक्रमको लागि समेत भ्याइनभ्याई छन् । तामाङ दर्शक श्रोतालाई समय सापेक्ष विभिन्न बिषय बस्तु समेटेर हास्यास्पद ढंगमा झटारो हान्दै रमाइलो गर्न एकदम चलाख रहेका छन् ।
जसका माध्यमबाट उपस्थितिहरुमा समेत कार्यक्रमको लागि अत्यन्तै उल्लासमय महसुस गर्ने गर्दछ्न्। हाँस्य कलाकर तामाङ सबै दर्शक श्रोताको मन मुटुको ढुकढुकी बन्न सफल भैसकेको छ। त्यसमाथि सञ्चारकर्मी तथा हाँस्य कलाकार तामाङ हाँस्य कलाकार एम.जि. तामाङको नामले चर्चामा रहेका छन् ।