हत्या, बलात्कार आरोपित रामबहादुर बम्जनको घरबाट ३ करोड ३ लाख रुपैयाँ बरामद

हत्या, बलात्कार आरोपित रामबहादुर बम्जनको घरबाट ३ करोड ३ लाख रुपैयाँ बरामद

पौष २५, काठमाडौँ । हत्या, बलात्कारजस्ता आरोपमा पक्राउ परेका रामबहादुर बम्जनको घरबाट प्रहरीले तीन करोड ३ लाख नेपाली रुपैयाँ बरामद गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बम्जनको बूढानीलकण्ठस्थित घरमा छापामार्दा ३ करोड ३ लाख ७५ हजार रुपैयाँ बरामद गरेको हो । प्रहरीले उनको साथबाट १५ वटा मोबाइल, तीन वटा ल्यापटप र ३५ वटा पेन ड्राइभसमेत बरामद गरेको छ ।

प्रहरीले मंगलबार बूढानीलकण्ठस्थित बम्जनकै घरबाट उनलाई पक्राउ गरेको थियो । बम्जनलाई आज अदालतबाट म्याद थप गर्ने प्रहरीको तयारी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस