सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० पौष २५, बुधबार (४ महिना अघि)
  • १  पटक पढिएको
Post Thumbnail

पौष २५, काठमाडौँ । काठमाडौं जिल्ला अदालतले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई ८ वर्ष कैद सजाय तोकेको हो । गौशाला २६ बलात्कार मुद्धामा अदालतले लामिछानेलाई तीन लाख जरिवाना तोकेको छ ।

त्यस्तै पीडितलाई जरिवानाको ३ लाख र थप दुई लाख समेत गरि रु ५ लाख क्षतिपूर्ति भराउन पनि अदालतले आदेश दिएको अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए ।

यसअघि पुस १३ गते अदालतले उनलाई बलात्कार मुद्धामा दोषी ठहर गरेको थियो । सन्दीपले पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको जिल्ला अदालतको ठहर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस