आठ गोलको थ्रिलरमा रियल विजयी, ग्रिजमानको कीर्तिमान

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० पौष २६, बिहिबार (१ साल अघि)
  • ३२ पटक पढिएको
आठ गोलको थ्रिलरमा रियल विजयी, ग्रिजमानको कीर्तिमान

पौष २६, रियाद । साउदी अरबमा आयोजित स्पेनिस सुपर कपको सेमिफाइनलमा रियल मड्रिडले आठ गोलको थ्रिलरमा एट्लेटिको मड्रिडलाई पराजित गरेको छ । बुधबार भएको खेलमा रियल ५–३ गोलअन्तरले विजयी बन्यो ।

खेलमा रियल छैटौँ मिनेटमा नै पछि परेको थियो । मारियो हर्मोसोले एट्लेटिकोलाई अग्रता दिलाएका थिए । तर, २० औँ मिनेटमा एन्टोनियो रुडिगरले रियलका लागि बराबरी गोल फर्काए ।

९ मिनेटपछि फर्लान मेन्डीले ड्यानी कार्भाहालको पासमा गोल गर्दै रियललाई अग्रता दिलाए । रियलको अग्रता लामो समय भने टिक्न सकेन । ३७ औँ मिनेटमा एन्टोनियो ग्रिजमानले गोल गर्दै खेल बराबरी गरे । क्लबका लागि उनको यो रेकर्ड १ सय ७४ औँ गोल थियो । उनले लुइस आरागोनेसको कीर्तिमान भङ्ग गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस