माघ ३ गते मधेश सरकारले स्वाभिमान दिवस मनाउने

पौष २७, जनकपुरधाम । मधेश सरकारले स्वाभिमान दिवस मनाउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले माघ ३ गतेको दिनलाई स्वाभिमान दिवस मनाउने निर्णय गरेको हो ।

२०७८ माघ ३ गतेकै दिन तत्कालीन ‘प्रदेश नं २’ को नाम मधेश प्रदेश नामाकरण र स्थायी राजधानी जनकपुरधाम प्रदेशसभा बैठकबाट पास भएको थियो । त्यस दिनलाई स्वाभिमानी दिवसको रुपमा मनाउने निर्णय भएको मधेश सरकारका प्रवक्ता समेत रहेका गृहसञ्चार तथा कानुन मन्त्री मोहम्मद समिमले जानकारी दिए ।

संम्बन्धित समचार

Leave a Comment