पशुपति शर्माको समर्थनमा कर्णालीका कलाकारको अर्को उस्तै गीत

  • अनलाइन केन्द्र
  • / कर्पोरेट /
  • २०७५ फागुन ७, मंगलबार (५ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

फागुन ७, काठमाडौं । पशुपति शर्माको गीत सरकार नेतृत्व गरिरहेको पार्टी नेकपाको युवा संगठनले प्रतिबन्ध लगाएको भन्दै विरोध स्वरुप कर्णालीका केही कलाकार र पत्रकारले त्यस्तै अर्को गीत गाएका छन् । उक्त गीत पनि सामाजिक संजालमा भाइरल भइरहेको छ ।

‘छैन तेरो भर सरकार छैन तेरो भर, सत्य बोल्छौँ, छाती खोल्छौँ देश निकाला गर !’ भन्दै गीतमा उनीहरुले भ्रष्टाचार, अनियमितता, नेताको वीलाशी जीवनशैली, निर्मला हत्याकाण्डका कुरामा पनि कटाक्ष गरेका छन् ।

उनीहरुले गीतमार्फत सरकारलाई राणा शासन तथा पञ्चायती शासनसँग तुलना गरेका छन् ।गीत गाउनै नपाउने, विरोध गर्न नपाउने गुनासो गर्दै उनीहरुले सत्य कुरा बोल्दा देश निकाला हुनु परे पनि आफूहरु तयार रहने आशय कलाकारहरुको छ ।

https://youtu.be/XhmMKqwGNuU

ताजा अपडेट

खोजी गर्नुहोस