नारायणगढ–बुटवल सडक खण्ड निर्माणमा चिनियाँ कम्पनीको ढिलाई

पुस २९,काठमाडौँ । नारायणगढ-बुटवल सडक खण्डको निर्माण कार्यमा विलम्ब हुँदा उक्त क्षेत्रमा जनस्वास्थमा संकट देखिएको छ। धुलोका कारणले गर्दा राजमार्ग आसपास बसोबास गर्नेहरूमा स्वासप्रश्वास, रुघाखोकीको समस्या बल्झिने गरेको छ। जसको दीर्घकालीन असरसमेत भइरहेको छ। १ सय १३ किलोमिटर सडक खण्डको निर्माण कार्यमा ढिलाई हुँदा बीचबीचमा भत्काइएको कारणले धुलो र निर्माणको क्रममा अपाउन सकिने न्यूनतम सावधानी पनि नहुँदा जनतामा स्वास्थ्य समस्या देखिएको हो।

राजमार्गलाई एसियन मापदण्डको बनाउने र त्यसलाई भारतीय नाका सुनौलीसँग जोड्ने लक्ष्यसहित सुरू भएको यो आयोजना गैँडाकोटदेखि रुपन्देहीको देवदहसम्म रहेको छ। १ सय १३ किलोमिटर सडकलाई दुई भागमा बाँडेर ठेक्का लगाएपनि दुवै खण्डको जिम्मा भने एउटा चिनियाँ कम्पनीले पाएको छ। चिनियाँ कम्पनीले साढे तीन वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का सम्झौता भएकोमा पाँच वर्ष पुगिसक्दा पनि काम आधा भएको छैन।

चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग सन् २०१८ को डिसेम्बरमा अगस्ट ७, २०२२ मा सम्पन्न गर्नेगरी सम्झौता भएको थियो। यो बीचमा सरकारले सम्झौता अवधि दुई पटक गरी दुई वर्ष थपिसकेको छ। तर सम्झौता भएको ५ वर्ष पूरा हुँदा सडक निर्माणमा पूर्वीखण्ड मा भौतिक प्रगति ४२.२१ प्रतिशत र पश्चिमखण्डको भौतिक प्रगति ३८.५० प्रतिशतमात्रै भएको छ। थपिएको समयमा आधा पनि काम सम्पन्न भएको छैन। यस आयोजना लगायतका अन्य आयोजना समेतमा चिनियाँ ठेकेदारहरूले काम छिटो सक्न हालै रास्वपाका अध्यक्ष रवि लामिछानेलेले चीनका राजदूत चेन सोंगको ध्यानाकर्षण समेत गराएका छन।

संम्बन्धित समचार

Leave a Reply